Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपुरमा पल्टियो : २३ जना घाइते


ग्लोबल पाना
मंगलबार, असोज ८ २०८१
  • 268
    SHARES

  • images
    काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपुरमा पल्टियो : २३ जना घाइते

    काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पल्टिँदा २३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी-१ बस दुर्घटना हुँदा २३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

    बसमा करिब ४५ जना यात्रु सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ