Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

विश्वको ध्यान अव नेपाली पेस्ट्रि सेफ सरोज सिंहको कलामा


ग्लोबल पाना
मंगलबार, असोज ८ २०८१
  • 259
    SHARES

  • images
    विश्वको ध्यान अव नेपाली पेस्ट्रि सेफ सरोज सिंहको कलामा

    साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय दिवसको अवसरमा साउदीको केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन ।

    images
    images
    images

    उनको बेक फेस्ट अबलोकन गर्न आउने साउदी अरवलगाएत देशका नागरिकहरु दङ्ग परेर फर्के र उनि वाह वाहका पात्र साबित भएका छन । पेस्ट्रिका एक्जुकेटिभ सेफ सरोज थापाले साउदी सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबैभन्दा शक्तिशाली देश बनाउनका लागि ल्याएको भिजन २०३० समेतको नयाँ क्रियसनमा छुट्टै कला दिई हामी सपना देख्छौं र पूरा गर्छौं भन्ने थिमका साथै ९४ मिटर लामो बिभिन्न प्रकारका केकहरु बनाएका थिए ।

    उनका हातले बनाएका र निर्देशन अनुसार टिमले देखाएको यो कलाको अबलोकन गर्न आउनेहरुले खुलेर प्रंशशा गरेका थिए । उनको कला त्यो पनि नेपालीको छोरोले कहाँ सिक्यो भन्ने त्यहा उपस्थितको जिज्ञासा रहेको थियो । थापाले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिलाई विभिन्न आकिर्ती दिएर होटलको रेष्टुरेण्टका बोफेहरुमा प्रर्दशनमा राखेका थिए ।

    केक र पेष्ट्रिका याबत आक्रितीले सबैको मन लोभ्याएको थियो । उनले बनाएका केक र पेष्ट्रिका आक्रितीको अबलोकन गर्दा छुट्टै संसारमा पुगेको अनुभव भएको उपस्थितहरुले बताएका थिए । देश बिदेशका दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदै साउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न साउदी पुगेका थापा सबैका प्रिय पात्र रहेका छन ।

    नेपाली सेफ सरोज थापाले साउदीमा आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भईरहेका छन । यस अगि पनि क्रिसमस र अग्रेजी नयाँ वर्षको दिन उनले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिका विभिन्न आक्रिती बनाएका थिए । सो अवसरमा केक चाख्ने र फोटो खिच्नेको भिडनै लागेको थियो ।

    पेस्ट्रि सेफ सरोज सिंह थापाको संक्षिप्त परिचय

    नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा मध्यम परिवारमा जन्मिएका थापा बाल्यकालदेखि नै अदितीय क्षमताले भरिएका ब्यक्ति थिए । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउछन । उनले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको हामीसँगको भेटमा बताए ।

    बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज मलाई यो पेशामा आउन सहज भयो थापाले बताए । २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उनले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना भै उच्च शिक्षा हासिल गरे । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन थापा बताउछन ।

    दिनमा बाहिर काम गरि रातमा क्याम्पस पढ्ने गरेका थापाले प्रबिणता प्रमाण पत्र पुरा गरि कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको बताउछन । काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गरेका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल भएका छन ।

    होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उनलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उनको जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ गरेको थापा बताउछन । होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुगे ।

    दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत ३ बर्षदेखी कार्यरत रहेका छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ