काठमाडौं । क्यानडा को अल्वर्टा प्रान्त को क्यालगरी शहरमा नेपाल को संविधान जारी भएको सेप्टेम्बर १९ का दिन नेपाल दिवस मनाउने कार्यक्रम सम्पन्न भयो। इतिहास मै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगण मा नेपाली झण्डा फहराइयो। अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्था हरु एन सी एस सी, सी एन सी ए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरी स्थित अन्य स्थानीय संस्था हरु समेत को संयुक्त आयोजना र सहभागिता मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरु, स्थानीय र प्रान्तीय सरकारका प्रतिनिधिहरु र नेपाली जन समुदाय को उल्लेख्य उपस्थितिका साथ नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम मा आगन्तुकहरु लाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राई ले स्वागत गर्नु भएको थियो । च्याम्बर का अध्यक्ष समीर पाण्डे ले च्याम्बर ले सबै संग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्य मा पनि च्याम्बर ले समूदाय मा समन्वय गरेर अगाडि बढ्ने कुरा बताउनु भयो र आगन्तुक सबै लाई धन्यवाद ज्ञापन गर्नु भएको हो।
एन सी एस सी का अध्यक्ष प्रकाश बस्याल र सी एन सी ए का तर्फबाट विनोद के सी ले नेपाल दिवस को शुभकामना दिनु भयो । त्यस्तै गैर आवासीय नेपाली संघ क्यानडा का अध्यक्ष माधव दुलालले आफ्नो मन्तब्य राख्नु भएको थियो। च्याम्बरका उपाध्यक्ष दिवस ढकाल ले नेपाल को झण्डा को सांकेतिक महत्व र महिमा बारे मन्तब्य राख्नु भयो । कार्यक्रम मा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन, वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकार प्रमुख का प्रतिनिधि ह्याप्पी मान ले नेपाल दिवस को शुभकामना दिनु भएको थियो। कार्यक्रम को संचालन एन सी एस सी का सचिव तथा च्याम्बर का सदस्य घनेन्द्र न्यौपाने ले गर्नु भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


