Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भरतपुर महानगरपालिकाको पुङ्गी खोला सिमानामा परेका भवन भत्काउन सुरू


ग्लोबल पाना
बुधबार, असोज ९ २०८१
  • 467
    SHARES

  • images
    भरतपुर महानगरपालिकाको पुङ्गी खोला सिमानामा परेका भवन भत्काउन सुरू

    काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरु भत्काउने काम शुरु गरेको छ। भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम शुरु गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले बताए।

    images
    images
    images

    उनले सार्बजनिक जग्गाहरुमा भौतिक संरचना निर्माण गर्ने र ब्यबशाय संचालनको लागि भाडामा दिने गरेको पाइएको बताए। पुङ्गी खोलाको सिमाकंन भरतपुर महानगर पालिकाको ११ नम्बर वडाको गणेश थानदेखि रामघाटसम्म करीब साढे ५ किलो मिटर क्षेत्रको खोलाको वरपर सिमाकंन गरेर सौन्दर्यकरण गर्ने वाकिङ ट्रेल निर्माण योजना रहेको उनले जानकारी दिए।

    भरतपुर महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भबन पुगी खोलाको खोलाको क्षेत्रमा निर्माण भएको कारण भत्काएको छ। करीब ५५ सालमा निर्माण भएको उक्त भबन लायन्स क्लबको आफ्नै भबन हो।

    उक्त खोलाको सिमांकन नापी गर्ने क्रममा धेरै घरहरु परेका छन्। खोलाको सिमांकन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको भरतपुर महानगर पालिकाका नापी अधिकृत बिकास देवकोटाले बताए।

    महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ। लायन्स चोक वाट परिचित उक्त स्थानको लायन्स क्लबको भबन भत्किए पछि लायन्सको अस्तित्व नै मेटीने चिन्ता व्यक्त गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ