Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्रीहरु उपलब्ध


ग्लोबल पाना
बिहीबार , असोज १० २०८१
  • 289
    SHARES

  • images
    एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  शैक्षिक सामग्रीहरु उपलब्ध

    काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले निर्माण गरेका उक्त पुस्तकालय भवनहरुमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

    images
    images
    images

    बैंकद्वारा कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका पुस्तकालय भवनमा यही २०८१ असोज ४ गते स्थानीय तह, विद्यालय र बैंकका प्रतिनिधिहरुको उपस्थितिमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

    श्री आदर्श माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटन समारोहमा बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष श्री मनोज प्रसाँईज्यू र श्री गौरीगञ्ज माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटनमा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्री फूलबती राजवंशीज्यूको उपस्थिति रहेको थियो भने उक्त दुवै कार्यक्रममा यस बैंकका कोशी प्रदेश प्रमुख दिवाकर भट्टराई र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

    यी पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब २५०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालयको समुद्घाटन भइसकेको छ ।

    त्यसैगरी, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ ।

    बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ