Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

५८ सहकर्मीसँग यौन सम्बन्ध र भ्रष्टाचारको आरोपमा चीनकी ‘सुन्दरी गभर्नर’लाई जेल सजाय


ग्लोबल पाना
बिहीबार , असोज १० २०८१
  • 216
    SHARES

  • images
    ५८ सहकर्मीसँग यौन सम्बन्ध र भ्रष्टाचारको आरोपमा चीनकी ‘सुन्दरी गभर्नर’लाई जेल सजाय

    काठमाडौं । चीनमा ‘सुन्दरी गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ मिलियन युआन जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ६० मिलियन युआन घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी हुन् ।

    images
    images
    images

    साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउको उपसचिव र गभर्नर भइसकेकी छिन्। उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । जनवरी २०२३ मा, चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो।

    सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी थिइन्। यस व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो।

    यो सम्झौताबाट झोङलाई पनि धेरै फाइदा भयो । कागजातका अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीहरूलाई मद्दत गर्थिन् । अप्रिल २०२३ मा गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङ विरुद्ध अनुसन्धानको घोषणा गर्‍यो । सो अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।

    यीमध्ये अधिकांश ती व्यक्तिहरू थिए जसको व्यापारबाट झोङले फाइदा उठाएकी थिइन्। कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए। चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्थिन् । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।

    यसपछि, सेप्टेम्बर २०२३ मा, चीनको सिन्ह्वा समाचार एजेन्सीले आफ्नो रिपोर्टमा झोङलाई कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट निष्कासन गरिएको बताएको थियो। उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छिन् । उनी अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा जुधाउन सक्दिनन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ