Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी’


ग्लोबल पाना
बिहीबार , असोज १० २०८१
  • 311
    SHARES

  • images
    ‘सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी’

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूणर् रहेको बताएका छन् । बिहीबार युएसएआइडीद्वारा राजधानीमा आयोजित सिकाइ आदान-प्रदान कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको बताएका हुन् ।

    images
    images
    images

    उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए । संविधानले विपद् जोखिम न्यूनीकरण  र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीन वटै तहका सरकारको समन्वय  र सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको बताउँदै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका  सन्दर्भमा  स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरुले आ-आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए ।

    ‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्र अन्तर्गतका विभिन्न संघ, संस्थाहरुले समेत आ-आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन् ।’ उनले भने,‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूणर् योगदान पुर्याएको महशुस गरेको छु ।’

    उनले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु-निकाय संगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए ।

    परियोजनाले संघ लगायत आठ वटा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा  विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको  योगदान प्रसंशा समेत मन्त्री लेखकले गरे ।

    ‘अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजना मार्फत उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिन्छु ।’ उनले भने,‘ आगामी दिनहरुमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेका छौं ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ