Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राजमार्गमा खसेको ढुंगा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा


ग्लोबल पाना
सोमबार, असोज १४ २०८१
  • 269
    SHARES

  • images
    राजमार्गमा खसेको ढुंगा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको प्यास नगरपालिका- ३ मादीपुल नजिक सडक भासिएपछि एकतर्फी रुपमा सञ्चालन गरिएको सडकखण्ड । अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि सडक मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस

    तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेको ठूलो ढुंगा हटाइएपछि विमलनगर-ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

    images
    images
    images

    वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

    ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ