Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान


ग्लोबल पाना
मंगलबार, असोज १५ २०८१
  • 213
    SHARES

  • images
    साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान

    असोज १५, काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।

    images
    images
    images

    काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल-९ का ३३ बर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।

    सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उहाँको साहसीक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाई थियो ।

    साथै बाढीपहिरोका कारण निम्तिएको परिस्थितीप्रति दुख व्यक्त गर्दै यो बिषम अवस्थामा एक अर्कासँग हातेमालो गर्न आवश्यक रहेको मिश्रले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ