Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कामना सेवा विकास बैंकको ३५ हजार ५३४ संस्थापक शेयर विक्रीमा


ग्लोबल पाना
शुक्रबार, असोज १८ २०८१
  • 312
    SHARES

  • images
    कामना सेवा विकास बैंकको ३५ हजार ५३४ संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि ३५ हजार ५३४ संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकेको छ ।

    images
    images
    images

     सो अवधिमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । असोज १८ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरुले असोज २१ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् ।

    न्यूनतम ३५ हजार ५३४ कित्ताकै लागि आवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज २२ गते विहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ