Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बाटोको अवस्था यस्तो छ, कसरी घर जाने?


ग्लोबल पाना
शुक्रबार, असोज १८ २०८१
  • 244
    SHARES

  • images
    बाटोको अवस्था यस्तो छ, कसरी घर जाने?

    एक लाख २६ हजार चार सय ३५ जना उपत्यकाबाट बाहिरिए

    काठमाडौं। दसैंका लागि संघीय राजधानी काठमाडौं छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ। दसैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ। नेपालीहरुको महान् चाड बडादसैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैं सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन्।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौंबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

    घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए।

    उनले भने, “विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ। नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको संख्या पनि थपेका छौं।”

    यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए।

    यसैगरी दसैं मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौं छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ। दसैं नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने र घर जानेको संख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौं-धनगढी रुटका बस चालक रमित ओलीले बताए। उनले भने, “वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन्। यात्रुका कारण निकै चहलपहल बढेको छ।”

    हिजो घटस्थापनादेखि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो। बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकिल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

    उहाँका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौं भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौं प्रवेश गरेका छन्। प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या पनि अधिक रहेको काठमाडौं प्रहरीले जनाएको छ।

    दसैंका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौंबाट दसैंका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताउए।

    उनले भने, “टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन्, हामीले टिकट पाउन सकेका छैनौं। कसरी घर जाने बाटोको अवस्था यस्तो छ। दुःख पाइने भयो।” उनी जस्तै आज नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरु बिहानदेखि आए पनि सहज रुपमा टिकट नपाएको भन्दै गुनासो गरीरहेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ