पोखरा । दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपाली र छटसहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको समाजका सचिव कमलबहादु बस्यालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङचोकदेखि सहिदचोकसम्म सरसफाई, गरिएको छ । साथै झाडी सफाई र रुखमा रङरोगन गरिएको उनले बताए । देलखाबाट पोखरा आई विभिन्न पेशा वा व्यवसायमा संलग्नहरुको संस्थाले दोलखेलीहरुको सुखदुखमा साथ रहेको समाजका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
समाजले विगतका दिनमा पनि विभिन्न रचनात्मक कार्यगरेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि ई. ध्रुव पोखरेलले समाजको गतिविधिले सबैलाई जोड्ने काम गरेको बताए । उनले समाजका लागि केही गरौं भन्ने भवनाको विकाश भएको धारणा राखे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


