Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बाढी पिडितलाई दशैं कपडा वितरण


ग्लोबल पाना
बुधबार, असोज २३ २०८१
  • 303
    SHARES

  • images
    बाढी पिडितलाई दशैं कपडा वितरण

    काठमाडौं । नेपाल खेलकुद महासङ्घ, समाजसेवी सुरज सेडाई र उमा सेडाई (श्री पाथीभरा देवी इम्पोरियम) तथा नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य साथै बुनपा वडा नं. १० का वडा अध्यक्ष नमराज भट्टराईको पहलमा  कामनपा वडा नं १४  बल्खु खोला आसपासको  सुकुम्बासी बस्तीमा वसोवास गर्ने  करीव १०० जना बाढी पिडितलाई दशैं कपडा वितरण गरिएको छ। 

    images
    images
    images

    नेपाल खेलकुद महासंघकी उपाध्यक्ष नन्दा बस्याल, श्री पाथीभरा देवी इम्पोरियमका समाजसेवी सुरज सेडाई र उमा सेडाई, नेकपा एमाले काठमाडौँ सदस्य  तथा बुनपा वडा नं. १० का वडा अध्यक्ष नमराज भट्टराई, नेपाल खेलकुद महासंघका  स्थायी कमिटी सदस्य जगत सिह धामी, नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुर्य बहादुर बुढाथोकी, नेपाल खेलकुद महासंघका सचिवालय सदस्य सुदीप खड्का र आशिष राई, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य टिका दाहाल र बिन्दा पुरी, समाजसेवी सुशीला ढकाल, सीता कार्की र सेरीका खड्‌का लगायतको सहभागितामा राहत वितरण कार्य सम्पन्न भएको थियो। 

    नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुर्य बहादुर बुढाथोकीले चाडपर्वको मुखमा उजाडिएको त्यो बस्तीलाई थोरै भएपनि मलमपट्टि गर्ने प्रयास गरिएको बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ