Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पैठारी गरिएको न्यूनस्तर चामल फिर्ता 


ग्लोबल पाना
बिहीबार , कात्तिक १ २०८१
  • 210
    SHARES

  • images
    पैठारी गरिएको न्यूनस्तर चामल फिर्ता 

    काठमाडौं । चाँडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतबाट पैठारी गरी भन्सार नाकामा ल्याइएको 85,000 के. जी. चामल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक बढि भई नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको व्यहोरा मिति २०८१/०६/३० गते भन्सार कार्यालयले जनाएको छ।

    images
    images
    images

    साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुः काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगञ्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गठ्ठाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराईन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ