Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा


ग्लोबल पाना
बिहीबार , कात्तिक १ २०८१
  • 231
    SHARES

  • images
    द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

    नक्सालकोबाइकर्स क्याफेबाट फ्ल्याग-अफ

    काठमाडौं, असोज ३० । बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिनेयात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिब लाकोभ्रमणमा निस्किएको हो । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ ।
    बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो ।

    images
    images
    images

    यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूणर् कोसेढुब्गा सावित को साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुनेकम्पनीले विश्वास लिएको छ । बजाज मोटरसाइकलका मार्केटिब हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोः “हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलोचुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं ।

    विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिब लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस
    र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस-कंट्री साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौं ।

    यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावना यसरी बाँडे, “उम्लिब ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो। यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।” यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सब्कल्पको शक्तिशाली प्रदर्शन हो ।

    यो हिमालयको चुनौतिपूणर् भू-भाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक पुग्न सकिने स्थान सम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुनेछ । द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने वाचा गर्दछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ