Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हिन्दुहरुको महानपर्व बडा दशैंको विसर्जन गरियो


ग्लोबल पाना
बिहीबार , कात्तिक १ २०८१
  • 216
    SHARES

  • images
    हिन्दुहरुको महानपर्व बडा दशैंको विसर्जन गरियो

    काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ । गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुणर्िमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ ।

    images
    images
    images

    नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।

    आश्विन शुक्ल पूणर्िमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।

    यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
    कोजाग्रत पूणर्िमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैं विसर्जन गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ