Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बने तेजन ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति


ग्लोबल पाना
शुक्रबार, कात्तिक २ २०८१
  • 435
    SHARES

  • images
    बने तेजन ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति

    काठमाडौं। पोखराका पूर्व गोर्खा सिपाही तेजन गुरुङ ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति बनेका छन् । उनले २९ वर्ष ८ महिना ५ दिनको उमेरमा यो सफलता हासिल गरेका हुन्।

    images
    images
    images

    तेजन सन् १९९५ मा जन्मेका थिए र उनले २००५ सम्म नेपालमा आफ्नो प्रारम्भिक बाल्यकाल बिताए। त्यसपछि उनका बुबा ब्रिटिस गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि उनको परिवार बेलायत सरे। नेपालमा छँदासम्म तेजन र उनको परिवारले पोखरामा धेरै खुसी जीवन बिताए।

    तेजनले स्थानीय विद्यालय हिल पोइन्ट हाई स्कूलमा पढे। तेजन प्रायः स्कुलमा खेलकुदमा सक्रिय रहन्थे र यहाँबाट उनले सक्रिय रूपमा नयाँ चुनौतीहरू पछ्याउन थाले। आफ्नो बुबा र द ब्रिगेड अफ गोर्खाजको कामबाट प्रेरित तेजन सन् २०१४ मा १९ वर्षको उमेरमा रोयल इन्जिनियरको रूपमा बेलायती सेनामा सामेल भए। उनी पछि अल-आर्म्स कमान्डो कोर्सका लागि योग्य भए।

    तेजनले थप ६ वर्षका लागि तीन कमाण्डो ब्रिगेडभित्रको २४ कमाण्डो रेजिमेन्टमा सेवा गर्ने अवसर प्राप्त गरे। मानसिक संकल्प, शारीरिक मजबुती र मुख्य सैन्य कौशल विकास गर्न डिजाइन गरिएको-अल-आर्म्स कमान्डो कोर्सको उद्देश्य सैनिक कुनै पनि आवश्यक वातावरण र तटीय अपरेसनका लागि तयार छ भन्ने सुनिश्चित गर्नु हो। नेपालप्रतिको आफ्नो बाल्यकालको प्रेम, एक सैनिकको मानसिकता र शारीरिक स्वास्थ्यका साथ तेजनले २७ मे २०२२ मा आफ्नो पहिलो ८ हजार मिटर अग्लो शिखर सगरमाथा आरोहण गरे।

    त्यसपछि २८ मे २०२२ मा निर्मल पुर्जाका साथ ल्होत्से द्रूत गतिमा आरोहण गरे। यसअघि उनले आरोहण गरेको उच्चतम शिखर पूर्वी लोबुचे थियो। ६,१४५ मिटर अग्लो यो हिमाल उनले २०१७ मा आरोहण गरेका थिए। सन् २०२३ मा ८ वर्षको सेवापछि उनले बेलायती सेना छोडेर नेपाल फर्किए र ८ हजार मिटर अग्ला १४ शिखर आरोहण गर्ने अभियान थाले।

    उनी १५ अप्रिल २०२३ मा सफलतापूर्वक अन्नपूर्ण शिखरमा पुगे। सेनाले उनलाई जीवनमा धेरै कुराहरू सिकाउँछ र त्यो मानसिकता र कौशलका साथ उनले ८ हजार मिटर अग्ला शिखर आरोहणमा सबैभन्दा खतरनाक क्षणहरू पनि जित्न सफल भएका छन्।

    शिखर आरोहणमा सफलता

    सगरमाथा-२७ मे २०२२, ल्होत्से-२८ मे २०२२, अन्नपूणर्-१५ अप्रिल २०२३, मकालु-२३ मे २०२३, कञ्चनजंघा-१ जुन २०२३, नागा पर्वत-२ जुलाई २०२३, जी २-१७ जुलाई २०२३, जी १-२१ जुलाई २०२३, बोर्ड पीक-२५ जुलाई २०२३, केटु-२८ जुलाई २०२३, मनास्लु-१७ सेप्टेम्बर २०२३, धौलागिरि-२९ सेप्टेम्बर २०२३, चो ओयु-२ अक्टोबर २०२३, शिशापाङ्मा-९ अक्टोबर २०२४।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ