Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन


ग्लोबल पाना
सोमबार, कात्तिक ५ २०८१
  • 256
    SHARES

  • images
    रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन

    काठमाडौं। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ। राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, माफियाहरुलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगाएतका नारा लगाएका थिए।

    images
    images
    images

    सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो।

    अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ। रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ