Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

त्रि बि बि का स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने


ग्लोबल पाना
सोमबार, कात्तिक ५ २०८१
  • 209
    SHARES

  • images
    त्रि बि बि का स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने

    कार्तिक ५, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार जानकारी गराउँदै लेखेको पत्र अनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराउँदछु भनिएको छ ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ