Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान


ग्लोबल पाना
मंगलबार, कात्तिक ६ २०८१
  • 218
    SHARES

  • images
    तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

    काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।

    images
    images
    images

    एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक बर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसबर्ष ४५ लाख माला खपत हुने पनि उनले अनुमान गरे ।

    तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ