Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दयाहाङ अभिनित फिल्म ‘राजागञ्ज’ चैत १ गतेदेखि प्रदर्शन गरिने


ग्लोबल पाना
मंगलबार, कात्तिक ६ २०८१
  • 240
    SHARES

  • images
    दयाहाङ अभिनित फिल्म ‘राजागञ्ज’ चैत १ गतेदेखि प्रदर्शन गरिने

    काठमाडौं। अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ। यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ। फागु पूणर्िमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो।

    images
    images
    images

    नेपालमा ‘राजागञ्ज’ नाममा फिल्म प्रदर्शन हुने भए पनि विदेशका फेस्टिभलहरुमा ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ हुँदै आएको छ। फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्माता निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्।

    फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन्। उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए । सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो । उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिका समेत निभाइसकेका छन्।

    यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ