Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लेबल नलगाई सामान बेच्ने डेरीलाई रु ५० हजार जरिवाना


ग्लोबल पाना
बुधबार, कात्तिक ७ २०८१
  • 224
    SHARES

  • images
    लेबल नलगाई सामान बेच्ने डेरीलाई रु ५० हजार जरिवाना

    काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले रु ५० हजार कारबाही गरेको छ।

    images
    images
    images

    विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार रु ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। सरसफाइमा ध्यान दिइलेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ।

    यसैगरी काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको पनि प्रवक्ता महर्जनले बताए। प्रयोग गर्ने गरेका जुसका दुई वटा नमुना चेकजाँच गर्दा कैफियत नपाइएको उनले सुनाए। निरीक्षणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न विभागले सो स्टोरलाई निर्देशन दिएको छ।

    काठमाडौं महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएको थियो। उपोभग्य मिति समाप्त भएको खाद्य पदार्थ पनि सो प्रालिमा देखिएको विभागले जनाएको छ। पेस्ट कन्ट्रोल प्रभावकारी नरहेको र सरसफाइ पनि सन्तोषजनक थिएन।

    सो प्रालिमा उपभोग्य मिति समाप्त भएका तोफु एक प्याकेट, अपर क्रस्त ब्रान्डको वन दुई प्याकेट, टेस्टी पिक्सेल ब्रान्डको स्ट्रबेरी सिरप १ दशमलव ३ केजीको चार डब्बा नष्ट गरिएको थियो। भान्सामा खाना तयारी तत्काल बन्द गरी निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरेर सोको प्रमाण विभागमा जानकारी गराउन पनि सो प्रालिलाई निर्देशन दिइएको छ।

    यो प्रक्रिया पूरा गरेर पुनःनिरीक्षणपश्चात् मात्र सेवा प्रदान गर्नेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो पसललाई कारबाही अघि बढाइएको छ। अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित दाउरा थकाली प्रालि र सोही महानगरपालिकाको वडा नं ३५ स्थित रामेश्वर स्वीटस् एण्ड स्न्याक्समा अनुगमनका क्रममा भने कुनै कैफियत नपाइएको विभागले जनाइएको छ।

    चाडपर्वका अवसरमा विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ