Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण


ग्लोबल पाना
बुधबार, कात्तिक ७ २०८१
  • 190
    SHARES

  • images
    अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ ।

    images
    images
    images

    शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरेका हुन्।

    शारीरिक अपाङ्गता भएका हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई मन्त्री थापाले ह्वीलचियर वितरण गरेको पार्टीका प्रदेशसभा (२) कार्यसमितिका सभापति करनसिंह ऐरले बताए । ह्वीलचियर रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध गराइएको उनले जानकारी दिए ।

    प्रदेशका तर्फबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध गराउने कार्यसँगै स्वरोजगारसँग जोड्न विशेष कार्यक्रम सञ्चलन गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ