Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

४० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा


ग्लोबल पाना
बुधबार, कात्तिक ७ २०८१
  • 411
    SHARES

  • images
    ४० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा

    काठमाडौं । नबिल बैंकको खुद नाफा ४० प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images
    images

    बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालु आवको सो अवधिमा ४ अर्ब १४ करोड छ । बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । पहिले इम्पेरिमेन्ट चार्ज १ अर्ब ११ करोड रहेकामा अहिले ४५ करोड ७७ लाख छ ।

    बैंकको नाफा बढ्दा प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ । असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ९६ पैसा हो ।

    बैंकको निष्क्रिय कर्जा केही बढेको यस्तो कर्जा कुल कर्जामा गत वर्षको असोज मसान्तसम्म ३.६९ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.२४ प्रतिशत छ । बैंकको आधार दर ९.५८ प्रतिशतबाट ७.०२ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो ८१.७१ प्रतिशत छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ