Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध


ग्लोबल पाना
बिहीबार , कात्तिक ८ २०८१
  • 349
    SHARES

  • images
    तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार-पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूणर् रूपमा निषेध गरिएको स्मरण गराएको हो ।

    images
    images
    images

    प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।

    महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ