Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनवाईईएफ स्टार्टअप अवार्ड्स 4.0 का लागि आवेदन खुल्यो


ग्लोबल पाना
शुक्रबार, कात्तिक ९ २०८१
  • 411
    SHARES

  • images
    एनवाईईएफ स्टार्टअप अवार्ड्स 4.0 का लागि आवेदन खुल्यो

    नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं च्याप्टरले चौथो संस्करण NYEF स्टार्टअप अवार्ड्स 4.0 को शुभारम्भको घोषणा गरेको छ। यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो।

    images
    images
    images

    स्टार्टअप अवार्ड्स 4.0 उद्यमीहरूलाई आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन, र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो।  विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन्।

    यस वर्ष, सहभागी स्टार्टअपहरूले निम्नलिखित लाभहरू प्राप्त गर्नेछन्:
    - मार्गदर्शन: अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन।
    - नेटवर्किङ: नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता, र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका।
    - व्यवसायिक विकास सहयोग: स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग।
    - नगद पुरस्कार: उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः रु. ४,००,०००, २,००,०००, १,००,००० नगद पुरस्कार जित्ने अवसर।
    - पिचिङ अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका।

    प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिनेछ। यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन्। प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन्।

    आवेदनहरू अहिले खुला छन् र २०२४ नोभेम्बर १५ मा बन्द हुनेछ। योग्यताका मापदण्डहरू पूरा गर्ने स्टार्टअपहरूले-जुन पाँच वर्षभन्दा कम समयदेखि संचालनमा रहेका छन् र नेपाल सरकारमा दर्ता भएका छन् । www.nyefstartupawards.com मा गएर आवेदन दिन सक्नेछन्।

    यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मार्गदर्शन, नेटवर्किङ, र सम्भावित लगानी अवसरहरूको माध्यमबाट आफ्नो स्टार्टअप यात्रा सफल बनाउन यो अनौठो अवसर नछुटाउनुहोस्!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ