Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कीर्तिपुर उपनिर्वाचनमा सुर्य बहादुर बुढाथोकी एमालेबाट उम्मेदवार करीब निश्चित


ग्लोबल पाना
सोमबार, कात्तिक १२ २०८१
  • 257
    SHARES

  • images
    कीर्तिपुर उपनिर्वाचनमा सुर्य बहादुर बुढाथोकी एमालेबाट उम्मेदवार करीब निश्चित

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। मंसिर १६  कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनको चहलपहल सुरु भइसकेको छ। राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् ।

    images
    images
    images

    राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला अर्को ठूलो दल नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का इन्चार्ज सुरेन्द्र मानन्धर यसपटक उम्मेदवार बन्न इच्छुक छैनन्।

    उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र कुमार (राजन) के.सी. सँग पराजित भएका थिए । २०७९ सालमा भएको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए। कुल ९०४३ मत ल्याएर नकर्मी विजयी भएका थिए भने उनका निकटम प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए। उपप्रमुखमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी थिइन्।

    उनले ८६६५ मत ल्याउँदा उनकी निकटम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७२०६ मत ल्याएकी थिइन्। २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का संयोजक केस रत्न  बज्राचार्य र नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी उपसचिव बिन्दु महर्जन पराजित भएका थिए। आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी विशेष अभियान सहित उपनिर्वाचनको तयारीमा देखिन्छन्।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष साथै नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य सुर्य बहादुर बुढाथोकीले नेकपा एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन्। ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ', बुढाथोकीले भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ।’

    आफ्नो विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा होमिएका बुढाथोकी हाल नेकपा एमालेका सक्रिय सदस्य हुन्। भुकम्पले ढालेको बेला होस् या बाढी पहिरोले मन भत्काएको बेला, कोरोनाको कहरको बेलामा होस् या अन्य विपदको समयमा उनी तीनै घाउहरुमा मलम लगाउन घरघर पुग्ने गर्छन्। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघमा रहेर हाल उनले खेलकुदका माध्यमबाट विकास, समर्पण र अनुशासनको सिद्धान्त सहित काम गर्दै आएका छन्।

    आफ्नो टोलनगरमा उल्लेखनीय कार्य गर्दै आएका बुढाथोकी आफू र आफ्नो पार्टी नेकपा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ