Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम


ग्लोबल पाना
शनिबार, कात्तिक १७ २०८१
  • 243
    SHARES

  • images
    खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम

    गण्डकी। भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन्।

    images
    images
    images

    प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरे। त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरे।

    विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो। सो अवसरमा नेपाली मौलिक कला सहित्य संगीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुरी (टुकीं लाई गायन तथा संगीतका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो।

    कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले मौलिक संस्कृतिको जगेर्नाका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताए। भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले समूूदायसँगको सामिप्यता भन्ने आदर्श वाक्यका साथ मञ्च सामाजिक तथा मानवीय सेवामा समर्पित बनेको बताउँदै मौलिक संस्कृतिको जगेर्नाका लागि यस वर्ष सातौँ संस्करणको खुल्ला देउसीभैलो कार्यक्रम आयोजना गरिएको बताए।

    कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिवहरि ढुंगाना, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य रामप्रसाद ढकाल र रमा गौतमले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ