Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने ३ जना पक्राउ


ग्लोबल पाना
सोमबार, कात्तिक १९ २०८१
  • 234
    SHARES

  • images
    गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने ३ जना पक्राउ

    बारा। यहाँको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६ बस्ने शम्भु राय, सन्दिप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका-५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

    हिजो मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो। पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए। उनीहरूमध्ये एक जना आज एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए।

    गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीहरूको सुनको सिक्री चोरी भएकामा चारै जनालाई पक्राउ गरिएको उनले बताए। मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएका र १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिका प्रमुख यादवले जानकारी दिए।

    प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ