Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन शिक्षा मन्त्री भट्टराईको आग्रह


ग्लोबल पाना
बिहीबार , कात्तिक २२ २०८१
  • 215
    SHARES

  • images
    कार्यालयका काम  सेवाग्राही  मैत्री बनाउनेतर्फ केन्द्रीत  हुन शिक्षा मन्त्री भट्टराईको आग्रह

    कार्तिक २१ ,पोखरा । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गर्नुभएको छ।

    images
    images
    images

    गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अबलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको अन्तरक्रीया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रबाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रबाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो।

    राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्बक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।

    प्रदेश र स्थानीय तह सहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजि र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऎन मार्फत यसको सम्बोधन हुने जानकारी दिनुभयो ।

    शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुको क्षमता बिकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । सो अबशरमा प्राबिधिक शिक्षाका शिक्षालयहरू थप ब्यबस्थित र प्रभाबकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने ब्यबस्था ब्यबहारिक र बैज्ञानिक हुने जिकिर गर्नुभयो ।

    अन्तर्क्रीया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा बिकास समन्वय इकाई, शिक्षा बिकास निर्देशनालय , प्रादेशिक परिक्षा बोर्ड लगायतका कार्यालयहरूको अबलोकन सहित सेवा प्रबाहको अबस्था सम्बन्धमा जानकारी लिनुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ