Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

स्वाबलम्बी सहकारीको साधारण सभा अध्यक्षमा यादब


ग्लोबल पाना
बिहीबार , कात्तिक २२ २०८१
  • 205
    SHARES

  • images
    स्वाबलम्बी सहकारीको साधारण सभा अध्यक्षमा यादब

    पोखरा ।  पोखरा महानगरपालिका वडा न १७ स्थित स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ। साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।

    images
    images
    images

    पौडेलले सहकारी भनेको सहकार्यमा समृद्धिको खोजी बएको भन्दै जनताको समृद्धि सहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । पौडेलले केही बेइमानीहरूका कारण क्षत बिक्षत सहकारीहरूको गतिविधिबाट पाठ सिकेर सुन्दर भबिष्य निर्माणको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो।

    सहकारीहरू सहकारीका सात सिद्धान्तको जगमा इमान्दार र प्रतिबद्ध भए सबै सहकारी सफल हुने बताउनुभयो। पौडेलले निक्षेप संकलन संगै संकलित पुजीको प्रभाबकारी परिचालनमा ध्यान दिन आग्रह गर्नुभयो कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष डाक्टर रामजी प्रसाद पोख्रेल, साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल, नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल, लेखापरीक्षक रुद्रनाथ पौडेल, शेयर सदस्य मिनादेबि अधिकारी,इश्वरी प्रसाद पोख्रेल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सभाले अध्यक्ष भुपराज पोख्रेलले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८० -८१ बार्षिक प्रतिबेदन र कोषाध्यक्ष ओम प्रकाश लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको छ। साधारण सभाले आगामी कार्यकालको लागि यादव प्रसाद पोख्रेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समिति निर्बाचित समेत गरेको छ ।

    जसअनुसार उपाध्यक्ष ठाकुर प्रसाद पोख्रेल ,सचीव लक्ष्मण पोख्रेल, कोषाध्यक्ष उपेन्द्र पोख्रेल र सदस्यहरूमा मीना अधिकारी जिम्बाल, माया कुमारी सुवेदी लामिछाने, भगवान पोख्रेल, दूर्गा प्रसाद अधिकारी, खिमलाल गौतम निर्बाचित हुनुभएको छ। त्यसै गरि लेखा समिती संयोजकमा लिला प्रसाद पराजुली र लेखा समिति सदस्यमा दुर्गा कुमारी अधिकारी र सृजना अधिकारी निर्बाचित हुनुभएको छ ।

    सो अबशरमा सहकारीका जेष्ठ सदस्यहरू लोकमाया पोख्रेल, तोयनाथ अधिकारी र एस ई ई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्का देबि लामिछाने, दस जोड दुइमा उत्कृष्ट नतिजा हासिल गर्ने अन्जन पराजुली, गोपि अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुल प्रसाद पौडेल, उत्कृष्ट सेयर सदस्य शिक्षा पगेनी अधिकारीलाई सम्मान समेत गरिएको थियो।

    संस्थाका अध्यक्ष भुपराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समिति सदस्य माया कुवर लामिछाने र सहकारीका सिद्धान्त पाठ संचालक समिति सदस्य इन्दिरा लामिछानेले र संचालन सचिब रुद्रलाल सुवेदीले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ