Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

छाँयानाथ रारा नगरपालिकाका दलित समुदाय, दशैं तिहार भत्ता पाउँदा खुसी


ग्लोबल पाना
शुक्रबार, कात्तिक २३ २०८१
  • 235
    SHARES

  • images
    छाँयानाथ रारा नगरपालिकाका दलित समुदाय, दशैं तिहार भत्ता पाउँदा खुसी

    मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका दलित समुदायहरुलाई दशैं र तिहारमा भत्ता बापत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उपलब्ध गराएको रकम पाउँदा नगरपालिकाभित्र रहेका दलित समुदायका नागरीक खुसी भएका छन् ।

    images
    images
    images

    छाँयानाथ रारा नगरपालिकाको गरिबसंग नगर प्रमुख कार्याक्रम अन्तरगत छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ देखी १४ वडाभित्र बस्दै आएका १ हजार २ सय ५६ घर धुरीका दलितहरुलाई प्रति घर २ हजार ५ सयका दरले दशैं जुवारे पिठा, भत्ता बापत रकम एनआइसि एसिया बैंक मार्फत उपलब्ध गराएको हो ।

    विशेषगरी दलित समुदायले विभिन्न सांस्कृतिक लोपमुलक भेषभुषा, रितिरीवाज, नाचगान, बाजाहरुको संरक्षण गर्दै आएको छ । संरक्षण गर्ने हिसाबले प्रत्येक  आर्थिक वर्षको रकम बृद्घि भएर प्रत्येक घरलाई ५ हजारसम्म पुराउने लक्ष्य रहेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए ।

    उनले भने, ‘हामी दलित समुदाय पहिलादेखी गरीब अशिक्षित भएको कारण बढी  काम गर्ने, हाम्रो साँस्कृतिक बाजा, भेषभुषा संरक्षण गर्ने, विभिन्न भाडाकुडा औजार निमाणर् गरी खाने भएको हँुदा पछिल्लो समयमा छाँयानाथ रारा नगपालिकाले दशंै तिहार भत्ता बापत २ हजार ५ सय भए पनि उपलब्ध गराउँदा म लगायत नगरपालिका भित्र रहेका सबै दलित परिवार खुसी भएका छन् ।’

    साथै, दशैं तिहारको भत्ता नगरपालिकाको कार्य विधि अनुसार यो बर्ष मात्र पालिका भरीका दलित समुदायका प्रत्येक १२ सय ५६ घरधुरीलाई जम्मा ३१ लाख ४० हजार रकम बैंक मार्फत उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका लेखापाल जगत बहादुर रावलले बताए  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ