Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान


ग्लोबल पाना
आइतबार, कात्तिक २५ २०८१
  • 408
    SHARES

  • images
    पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

    काठमाडौं । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।

    images
    images
    images

    समितिले आज एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची-१ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

    दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। साथै अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने बताइएको छ।

    darkasta.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ