Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण


ग्लोबल पाना
सोमबार, कात्तिक २६ २०८१
  • 271
    SHARES

  • images
    मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण

    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

    images
    images
    images

    निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए।

    २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन।

    ग्वार्को फ्लाई-ओभर ४९० मिटर रहनेछ। जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो र्‍याम र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहनेछ। फ्लाई-ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ।

    हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई-ओभरमार्फत माथि उठाइनेछ र चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाईओभर मुनिबाट चल्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ