Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति कास्कीको कृषि क्षेत्रसंग अन्तरक्रिया


ग्लोबल पाना
सोमबार, कात्तिक २६ २०८१
  • 296
    SHARES

  • images
    जिल्ला समन्वय समिति कास्कीको कृषि क्षेत्रसंग अन्तरक्रिया

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्लास्थित कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गर्नुभएको थियो ।

    images
    images
    images

    पौडेलले कृषक र कृषक क्षेत्रमा समस्याहरूको पहिचान सहित समाधान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रीत हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्नुभयो । कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी भैरहेको अबस्थामा प्रबिधि र समयको उचित प्रयोग सहित वास्तविक किसान सम्म पुग्ने कार्यक्रम बनाउन पौडेलले आग्रह गर्नुभयो ।

    कार्यक्रममा माछापुच्छ्रे गाउपालिका धितालका कृषक नबीनराज अधिकारीले कार्यक्रम प्रभाबकारी भएको भन्दै कतिपय पालिकास्तारका कार्यक्रम बास्तबिक लक्षित कृषक संग नपुगेको भन्दै दुखेसो पोख्नुभयो । उनले उत्पादन देखि बजारिककरणका समस्याले कृषक पिडित हुनुपरेको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

    कृषकहरूलाई पर्याप्त तालिम, जानकारी अभाब ब्यबसायिक कृषिमा बाधा भएको अर्का कृषक बृजलाल चौधारीले उल्लेख गर्नुभयो ।कृषि आबद्ध कार्यालयहरूका सुचना आफुहरूको पहुचमा नभएको भन्दै बास्तबिक किसान मारमा परेको दाबी गर्दै अनुदान समेत कृषकको पहुचमा नहुदा कठिनाइमा परेको उनले उल्लेख गर्नुभयो । पोखरा २२ का अर्का कृषक देविलाल बरालले बालि र नश्ल सुधारमा केन्द्रीत हुदै बाली तथा पशुमा लाग्ने रोग अर्को मुख्य समस्या भएको उल्लेख गरे ।

    बादर आतंक र बाली तथा नश्लको समस्यामा केन्द्रीत हुन अनुरोध गर्नुभयो । कार्यक्रममा कृषक रामकृष्ण लामिछानेले भैसी तथा पाडा पाडी अनुदान सम्बन्धि ब्यबस्था बैज्ञानिक नभएको भन्दै उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम ब्यबसायिकतामा मात्रै केन्द्रीत हुनु दुखद भएको जिकिर गरे । कृषक दुर्गा बहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुश्किल परेको तर्फ राज्यका निकाय गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

    एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बरालले युबा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आबश्यक भएको उल्लेख गर्नुभयो । उनले कृषि पर्यटनलाई संग संगै अगाडि बढाउँन सके मात्रै नीति तथा कार्यक्रम थापा प्रभाबकारी बनाउन सकिने उल्लेख गर्नुभयो । कृषि बिमा समेत प्रभाबकारी बनाउन आग्रह गर्दै बरालले बिमा सचेतना कार्यक्रम थप प्रभाबकारी बनाउनुपर्ने बताउनुभयो । आइ भी आइ पोटेनसियल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति नियम र कानुनले साथ् दिएका बिषयमा बिमाले भुक्तानी गरिरहेको दाबि गर्नुभयो ।

    खाद्य ब्यबस्था गुणस्तर कार्यालय पोखराका प्रमुख रन्जना के सीले न्युनतम समर्थन मुल्यमा कृषकका उत्पादन आफूहरूले खरिद गरिरहेको भन्दै दिर्घकालिन मौज्दान रहने खाद्यान्नको न्युनतम समर्थन मुल्यमा खरिद गरिने उल्लेख गर्नुभयो । पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय भएको भन्दै यसले उचित प्रतिफल दिनेमा आफु बिश्स्वस्त भएको उल्लेख गर्नुभयो ।

    कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा काम प्रभाबकारी हुन नसकेको उल्लेख गर्दै आगामी बर्षबाट बजेट वृद्धि गर्नेतर्फ ध्यानाकार्षण गराउनुभयो । कडरियाले सहुलयित दरको ऋण उपलब्ध हुने बाताबरण निर्माणमा जुट्न आग्रह गर्दै कृषिको नीतिगत झन्झटका कारण पनि व्यवसायिकताको बिकासमा अप्ठ्यारो भएको बताउनुभयो । उहाले सरकारले चालाएको किसान शुद्धिकरण अभियान प्रभाबकारी बनाउनुपर्ने बताउनुभयो ।जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले भैरहेका सकारात्मक कार्यक्रमको समिक्षा सहित आगामी बर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न पालिकाहरूलाई आग्रह गर्नुभयो ।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो । कार्यक्रममा कास्की जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध कृषक एबम बिमा कम्पनी सहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ