Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आफ्ना कडा आलोचक मार्को रुबियोलाई ट्रम्पले आफ्नो सरकारमा उच्च पद दिने सम्भावना


ग्लोबल पाना
मंगलबार, कात्तिक २७ २०८१
  • 230
    SHARES

  • images
    आफ्ना कडा आलोचक मार्को रुबियोलाई ट्रम्पले आफ्नो सरकारमा उच्च पद दिने सम्भावना

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक मार्को रुबियोले ट्रम्पको प्रशासनमा महत्वपूणर् पद पाउन सक्नेछन् । यो यसअघि कसैले नसोचेको निणर्य हुन सक्नेछ।

    images
    images
    images

    मार्को रुबियो सन् २०१६ देखि आफ्नो राजनीतिक करियरमा निरन्तर प्रगति गर्दै आएका छन् । उनी सन् २०१० देखि अमेरिकी सिनेटको सदस्य छन्। उनी २०१६ मा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको लागि चुनाबी मैदानमा उत्रिएदेखि नै ट्रम्पको प्रमुख आलोचक बनेका थिए।

    ट्रम्पले सार्वजनिक रूपमा उनलाई “लिटिल मार्को” भन्ने गरेका थिए, जबकि मार्कोले ट्रम्पलाई “स्मल ह्याण्ड्स” भन्थे। पछि, मार्को र ट्रम्पबीचको सम्बन्धमा सुधार भयो र मार्कोले पनि ट्रम्पसँग चुनावी प्रचार गरे।

    रिपोर्टका अनुसार ५३ वर्षीय मार्को रुबियोलाई ट्रम्प प्रशासनमा विदेशमन्त्री बनाउन सकिन्छ । विदेशमन्त्री अमेरिकी सरकारको शीर्ष पदमा पर्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ