Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ट्रम्पको जितपछि मस्कलाई फलिफापः १ सातामा ट्रम्पको कुल सम्पतिको दश गुणा कमाए


ग्लोबल पाना
बुधबार, कात्तिक २८ २०८१
  • 187
    SHARES

  • images
    ट्रम्पको जितपछि मस्कलाई फलिफापः १ सातामा ट्रम्पको कुल सम्पतिको दश गुणा कमाए

    काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ। चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको कुल सम्पत्तिभन्दा झण्डै १० गुणा बढी कमाएका छन्।

    images
    images
    images

    ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ अर्ब डलर थियो, जुन मंगलबार बढेर ३०८ अर्ब डलर पुगेको छ। ट्रम्पको सम्पत्ति करिब ५.६ बिलियन डलर रहेको छ।

    फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको सम्पत्ति बुधबार ३०८.१ बिलियन डलर पुगेको छ। ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको थियो । टेस्लाको शेयर ३९ प्रतिशतले बढेको छ र कम्पनीको मार्केट क्याप एक ट्रिलियन डलरले बढेको छ।

    राष्ट्रपतिको चुनावमा ठुलो रकम खर्च गर्नुका साथै मस्कले ट्रम्पलाई पुरा समर्थन गरेका थिए। मस्कले ट्रम्पका लागि सोशल मिडिया प्लेटफर्म एक्सको पनि पूरा उपयोग गरेका थिए।

    यसैबीच ट्रम्पले मस्कलाई आफ्नो सरकारमा सामेल गराएको घोषणा गर्दै सरकारको दक्षता बढाउने नयाँ मन्त्रालय स्थापना गरेर त्यसको नेतृत्व दिने घोषणा गरेका छन्। विभिन्न मिडिया रिपोर्टमा विश्वकै धनि मस्कले अब ट्रम्प सरकारको नीति निर्माणदेखि आफ्नो व्यवसायको लागि फाइदा पुग्ने कानुन बनाउन हस्तक्षेप गर्नसक्ने बताउदै आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ