काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन्। ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्बजनिक गर्न लागेका हुन्। कुलमानले आज अपराहन्न २ बजे पत्रकार सम्मेलन गर्दैछन्।
मंगलबार बसेको प्राधिकरण संचालक समितिको बैठकमा कुलमानले महसुल नतिरेसम्म काटिएको विद्युतको लाइन जोड्न नहुने अडान लिएपनि मन्त्रिपरिषदले नै निणर्य गरेर निर्देशन दिएकाला प्राविधिक रुपमा त्यसको कार्यान्वयन नगरेमा अप्ठ्यारोमा पर्ने भएपछि निणर्यमा हस्ताक्षर गरेको बताइएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


