Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित


ग्लोबल पाना
बुधबार, कात्तिक २८ २०८१
  • 285
    SHARES

  • images
    नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंकलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डमा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेषसभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।

    images
    images
    images

    दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।

    साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

    नबिल बैंक नेपालले २६८ शाखा र ३२० एटीएम मेसिनमार्फत सेवा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ