काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । शाहीले १० बुँदे ज्ञापनपत्र बुझाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक नियुक्ति रोक्न र व्यवस्थित सञ्चालनको व्यवस्था मिलाउन माग गरेका हुन् ।
योग्यतामा आधारित नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब-भत्ता सुधार तथा प्राध्यापक र सहप्राध्यापकको नियुक्ति गर्न माग गरेका छन् । यस्तै, प्रतिष्ठानमा डायलासिस मेसिनको सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थासहित शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणहरू एमआरआई मेसिनलगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गर्न उनको माग छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


