Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता


ग्लोबल पाना
बिहीबार , कात्तिक २९ २०८१
  • 265
    SHARES

  • images
    डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूणर् छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूणर् हुने प्रष्ट पारेको छ ।

    images
    images
    images

    ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए ।

    ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाई छ । छलफल सौहार्दपूणर् र फलदायी भएको उनको टिप्पणी छ ।


    नव निर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूणर् राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ