Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सोफा हब काठमाडौको उत्सव योजनाको लक्की ड्र विजेता घोषणा, को को?


ग्लोबल पाना
बिहीबार , कात्तिक २९ २०८१
  • 238
    SHARES

  • images
    सोफा हब काठमाडौको उत्सव योजनाको लक्की ड्र विजेता घोषणा, को को?

    काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो।

    images
    images
    images

    यस योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणाअनुसार चितवनका भुमेश्वर ढकाल, काठमाडौकी निर्मला कार्की, पोखराकी निर्मला पहाडी विजेता भएकी छन । बैकल्पिक बिजेताको लागि चितवनकी सोम माया गुरूङ बनेकी छन।

    उक्त अवसरमा सोफा हब काठमाडौका प्रवन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए ।

    साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे । अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको सोफा हबको काठमाडौँले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुशी रेडनस्थित कोइराला मार्ट, कलंकी, गोठाटार हाईट पोखरा, नेपालगन्ज, चितवनको लङ्कुमा हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

    ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेकोछ। कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ