Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 216
    SHARES

  • images
    राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-२९ मा सहभागी भएर राष्ट्रपति पौडेल शुक्रबार बिहान स्वदेश फर्किएका हुन्।

    images
    images
    images

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका थिए।

    अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो।

    राष्ट्रपति पौडेलले कोप-२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए।

    राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी रहेका थिए। यही कात्तिक २६ देखि सुरु भएको कोप-२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ