Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 274
    SHARES

  • images
    बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन् । राष्ट्रिय किशोरी तथा किशोर सञ्जालको भक्तपुरमा भएको राष्ट्रिय भेलाको निष्कर्ष सभामुख समक्ष हस्तान्तरण कार्यक्रममा उनले किशोर किशोरीहरुका समस्या सम्बन्धी विभिन्न संघसंस्थाहरुले दिएको सुझावको पूणर् कार्यान्वयन गर्न आवश्यक छलफल बहसहरु गर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘प्रजातान्त्रिक वातावरणमा जनताका विचारहरु, जनताका समस्याहरु, जनताका चाहनाहरुभित्र बालबालिका, किशोर किशोरीहरुका समस्याहरुलाई विभिन्न क्लबहरु वा संघसंस्थाहरुकोमार्फत आएको सुझावको पूणर् कार्यान्वयन गर्न आवश्यक छलफल वा बहसहरु गर्नेछौं । राज्यले यसलाई आवश्यक ध्यान दिनको लागि उपयुक्त ढंगबाट प्रबन्ध मिलाउनको लागि संसदको तर्फबाट निर्देशनका लागि अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछौं ।’

    यस्तै, उनले सातवटै प्रदेशमा काम गरिरहेका क्लव वा संघसंस्थाहरु, किशोर किशोरीहरु, अल्पसंख्यकहरुले व्यहोरिरहेका समस्याहरुको विश्लेषण र सम्भावनामाथिको बहस हुनु जरुरी रहेको बताए ।

    सामाजिक रुपबाट तिरस्कृत भएका बालबालिकाहरु र अभिभावकले निर्वाह गर्नुपर्ने दायित्व र व्यवहारको अभावको बेलामा कानुनी व्यवस्था आवश्यक रहेको उनले औंल्याए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ