Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

वर्तमान संविधान र व्यवस्थाको जन्मदाता आफू भएको प्रचण्डको दाबी


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 212
    SHARES

  • images
    वर्तमान संविधान र व्यवस्थाको जन्मदाता आफू भएको प्रचण्डको दाबी

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले केही केहीमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै बिगतको जस्तो संविधान मिच्ने वा संसद बिघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताएका हुन्।

    images
    images
    images

    त्यस्तै राजावादीहरुले जनतामा फैलिएको असन्तुष्टीलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमततर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनले बताए। ओलीबाट विगतमा पटक-पटक संविधानको भावना र मर्मविपरीत संसद् विघटन गरेर देशलाई फेरि भुमरीतिर लैजाने प्रयास भएको बताउँदै उनले संविधान र सिस्टममाथि घात हुनसक्ने चिन्ता आफूलाई रहेको बताए ।

    उनले आफू यो संविधान र सिस्टमको जन्मदाता रहेको दाबी गर्दै सबैभन्दा बढी चिन्ता रहेको बताए ।

    संविधान र सिस्टमविरुद्ध लोकतन्त्रवादी, वामपन्थीहरु मिलेर विगतमा पनि संघर्ष गरेको स्मरण गराउँदै उनले अहिले पनि त्यो कोशिस कतैबाट हुनथाल्यो भने रोक्न तयार भएर बस्नुपर्ने बताए ।

    ‘यो परिवर्तनका हिस्सेदारहरु, यो संविधानका पक्षधरहरु, जो साँचो अर्थमा हृदयदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध थियौं, छौं। हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यक्ता छ। कतै संविधान मिच्ने, संसद्लाई फेरिपनि विघटन गर्ने कसरत कतै नहोस्। देशलाई फेरि एकचोटी प्रतिगमनतिर लैजाने प्रयास सफल हुन नपाओस् भन्ने कुरामा सतर्क र सजक हुनुपर्ने पनि आवश्यक्ता छ,’  उनले भने ।

    प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्युशैयामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधैं स्मरण गर्ने बताए। ‘उहाँ अस्पतालमा मृत्युशैयामा हुँदै गर्दा उहाँले मलाई तपाईं हुनुहुन्छ, म तपाईंप्रति भरोसा गरेर जान्छु। जिम्मा तपाईंलाई भयो, अब तपाईंको काँधमा छ भनेको कुरा स्मरण गर्न चाहन्छु,’ उनले भने।

    उनले अहिले बाघको छालामा स्यालको रजाईं हुन खोजेको हो कि भन्ने आभाष हुने गरेपनि त्यसलाई सफल हुन नदिने बताए। उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताए।

    आफू मिठा कुरामा चिप्लिँदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ आफू जानकार रहेको उनको भनाइ छ। उनले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्फर्ट गरेको दाबी गरे। उनले आफूहरुले ठूलो बलिदानी र त्यागबाट ल्याएको संधिवान र राजनीतिक व्यवस्थामाथि घात हुन्छ कि भन्ने चिन्ता भने रहेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ