Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पशु कल्याण संघ नेपालद्वारा पशुबलीविरुद्ध काठमाडौंमा शान्तिपूर्ण र्याली


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 273
    SHARES

  • images
    पशु कल्याण संघ नेपालद्वारा पशुबलीविरुद्ध काठमाडौंमा शान्तिपूर्ण र्याली

    काठमाडौं  । विश्वशान्ति तथा पशु कल्याणका लागि पशुबलीविरुद्ध कात्तिक ३० गते बिहान पशु कल्याण संघ नेपालले शान्तिपूर्ण र्याली गरेको छ ।

    images
    images
    images

    बिहान ८ बजे ललितपुरको जावलाखेलबाट सुरु भएको र्याली कुमारीपाटी, मंगलबजार, बगलामुखी, शंखमूल हुँदै नयाँ वानेश्वरस्थित एभरेष्ट होटेल अगाडि पुगेर समापन भएको थियाे ।

    पशु कल्याण, शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको विशेष पहलमा पशुबलीविरुद्ध शान्तिपूर्ण र्याली गरिएको हो । पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुबलीकोविरुद्ध आम नागरिकलाई सचेत बनाउन र्याली आयोजना गरिएको जानकारी दिनुभयाे ।

    उहाँले भन्नुभयाे, ‘पशुबलीलाई निरुत्साहित गर्दै अन्त्य गर्न हामीले पदयात्रा राखेका हौँ ,सबैलाई सहभागी हुन अनुरोध गर्छु ।’ संघकी अध्यक्ष श्रेष्ठले पशुबलीको विकल्पमा नरिवल वा भेटी चढाउन आग्रह गर्नु भएकाे छ ।

    आज गरिएको र्याली असोज ११ र १२ गते आयोजना गर्ने गरी तय भएपनि त्यतिबेला परेको भीषण वर्षाका कारण रोकिएको थियो । यसैबीच संघले केही महिना अघि बारामा पशुबलीविरुद्ध पदयात्रा आयोजना गरेको थियो । बारामा आयोजित पदयात्रामा हजारौंको सहभागिता रहेको थियो ।

    बारा जिल्लाको गढीमाईमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा हजारौं पशुलाई मनोकामना पूरा हुने विश्वासमा बली चढाईन्छ । पशुवलिप्रथालाई अन्त्य गर्नकाे लागि पशु कल्याण संघ वर्षौ देखि सक्रिय रहदै आएकाे छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ