काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले शिक्षाको मूल उद्देश्य मिहिनेत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउन निरन्तरता दिनु, सिकाइको प्रयोग गर्न, सिकाइ र यसको प्रयोगका लागि उत्प्रेरणा बढाउनु, समूहमा काम गर्न र श्रमलाई साम्मान गर्नु रहेको बताउनुभयो ।
मन्त्री भट्टराईले जाइका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित स्ट्रेन्थेन एग्रिकल्चर एजुकेसन इन सेकेन्डरी इस्कुल इन नेपालले आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा सो कुरा बताउनु भएको हो। नेपालमा ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको, रािष्ट्रय आयमा कृषिको २४ प्रतिशत हिस्सा रहेको र २०५ विद्यालयमा कृपषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्धनका लागि भएका कार्यको प्रशंसनिय भएको मन्त्री भट्टराईको भनाइ थियो ।
उहाँले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न र खेत र बारीलाई कृषिको प्रयोगशाला बनाई कृषिकर्मी र श्रमलाई सम्मान गर्न आह्वान गर्नुभयो । समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपुरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्छ भन्दै भट्टराईले साना कामबाट ठूलो उन्नति गर्ने जापान र सबै विद्यार्थी सबै क्षेत्रमा सफल हुनुपर्ने भन्ने प्रधानमन्त्री के पि शर्मा ओलिको बिचारको चर्चा गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
प्रोजेक्टबेस र होम बेस प्रोजेक्ट मार्फत कृषिको आधुनिकीकरण हुन सक्ने भएकाले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउन पनि आग्रह गर्नुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


