Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 235
    SHARES

  • images
    नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

    काठमाडौं। नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज ‘नाइन एन-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ। जहाजको नियमित सि-चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो।

    images
    images
    images

    उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ। जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। आज बेलुकाबाटै उडान सुरु हुनेछ।”

    उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ