Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने


ग्लोबल पाना
बुधबार, मंसिर ५ २०८१
  • 189
    SHARES

  • images
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् । रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी टाइम्सको भारतीय सेवाले यो जानकारी दिएको हो । मितिबारे जानकारी नआएपनि छिट्टै घोषणा हुने निश्चित भएको छ ।

    images
    images
    images

    समाचार एजेन्सी एएनआईले पेस्कोभको एक भिडियो साझा गरेको छ जसमा उनले भनेका छन्, “मलाई आशा छ कि हामीले छिट्टै मिति तय गर्नेछौं। प्रधानमन्त्री मोदीको दुई रुस भ्रमणपछि हाम्रा राष्ट्रपतिले भारतको भ्रमण गर्नेछन्।”

    यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक रुसको भ्रमण गरिसकेका छन् । जुनमा तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदी जुलाईमा मस्को गएका थिए । यसपछि गत महिना नै मोदीले कजानमा भएको ब्रिक्स शिखर सम्मेलनमा भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

    तर, गत वर्ष भारतको अध्यक्षतामा भएको जी-२० शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति नयाँ दिल्ली आएका थिएनन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ