Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीको सन्तुलित बिकास बिषयमा अन्तरक्रीया


ग्लोबल पाना
बुधबार, मंसिर ५ २०८१
  • 207
    SHARES

  • images
    जिसस कास्कीको सन्तुलित बिकास बिषयमा अन्तरक्रीया

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सन्तुलित बिकासको सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो।

    images
    images
    images

    प्रमुख आचार्यले बिकासशिल देशमा परिणत हुने तयारी गर्दै गर्दा सन्तुलित बिकासका लागि सरोकारवाला कार्यालयहरू सहित स्थानियहरूलाइ समेत सचेत गराउनुपर्ने उल्लेख गर्दै बिकासका सबै सूचकांक सकारात्मक बनाउन सबैको सामुहिक प्रयास जरुरी भएको बताउनुभयो । नीति निर्माणका क्रममा देखिएका त्रुटी सच्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो ।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बिकास जनताका लागि भएको तथ्य स्मरण गर्दै बाताबरण र प्रकृति मैत्री भौतिक बिकासमा जोड दिए मात्रै लक्षित आर्थिक र सामाजिक बिकास संभब हुने उल्लेख गर्दै त्यसतर्फ आफ्ना नीति कार्यक्रम केन्द्रित गर्न कास्कीका पालिका सहित आग्रह गर्नुभयो ।

    कार्यक्रममा तथ्यांक समन्वय कार्यालय पोखराका प्रमुख नन्दलाल सापकोटाले सामाजिक, आर्थिक बिकास र भौतिक बिकासका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। सापकोटाले सन्तुलित बिकासले मात्रै दिगो बिकासका लक्ष्य पूरा हुने र तब मात्रै समाजमा सकारात्मक परिबर्तन संभब हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा रूपा गाउपालिकाका प्रमुख नवराज ओझा, जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी, होटल एसोसिएसन नेपालका उपाध्यक्ष गणेशराज पाहारी, इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल,पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, एन जि ओ फेडेरेसन गण्डकीका अध्यक्ष पदम बहादुर पाहारी, पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान गण्डकी अस्पतालका निर्देशक डाक्टर भरत खत्री,संघीय आयोजना कार्यान्वयन ईकाइ प्रमुख सुनिता श्रेष्ठ, सहितले सन्तुलित बिकासका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो।

    कार्यक्रममा कास्कीका पालिका प्रमुख, उप प्रमुख, बिकास सम्बद्ध कार्यालयका प्रमुखहरू, नागरिक समाज, उद्योग बाणिज्य र पर्यटन सम्बद्ध संघ संगठन सहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत जि.स.स. कास्कीका सदस्य सितादेबी बिश्वकर्माले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ